Dhulikhel Eco Banner new

बाजुरामा गोली चल्दा तीन जना घाइते, एकको अवस्था गम्भिर

5.36K
shares

काठमाडों, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएको र एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका हुन् । घाइतेको पहिचान भने हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।