Dhulikhel Eco Banner new

बैतडी जिप दुर्घटना : तीन जनाको मृत्यु

6.57K
shares

काठमाडौं, ५ मंसिर । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरीको जित दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र घाइते भएका नौ जनाको अवस्था चिन्ताजनक’ रहेको बताएका छन् । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।