यी हुन् एमालेले अग्रता लिएका ५ क्षेत्र
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:५८
4.42K
shares
shares

काठमाडौं, ५ मंसिर । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु भएको छ । मतगणना सुरु भएका निर्वाचन क्षेत्र अनुसार अहिलेसम्म नेकपा एमालले सबैभन्दा बढी ५ क्षेत्रमा अग्रता लिएको छ ।
जसमा ललितपुरका तीन क्षेत्र, धनुषको निर्वाचन क्षेत्र नम्बर ३ र झापा दुई रहेका छन् । ललिपुर एकमा एमालेका नवराज सिलवाल, दुईमा प्रम बहादुर मर्जजन र तीनमा अमृत खड्काले अग्रता लिएका छन् ।
त्यस्तै धनुषा ३ मा जुलिकुमारी महतो र झापा २ मा देवराज घिमिरेले सुरुवाती अग्रता बनाएका हुन् ।

















