गोरखा २ बाट अध्यक्ष प्रचण्ड १३ हजार बढी मतले विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०९:३३
shares

काठमाडों, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । अध्यक्ष प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १३ हजार भन्दा बढी मत अन्तरले पराजित गरेका हुन् ।
प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ पाए । त्यस्तै एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।
माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।















