Dhulikhel Eco Banner new

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

5.34K
shares

काठमाडौं, ८ मंसिर । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ । बैंकले १३।३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर , कर प्रयोजनको लागि ०.३० प्रतिशतले हुन औअने २ करोड ६४ लाख ६७ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।