Dhulikhel Eco Banner new

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

5.24K
shares

काठमाडौं, ८ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार शेयर बाँडफाँट गरेको हो ।

आईपीओ बाँडफाँटको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् । कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आयोजना प्रभावितलाई निष्काशन गरेको आईपीओ बाँडफाँटपछि अब कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपीओ निष्काशनपछि कपनीको चुक्ता पुँजी २५ करोड हुने छ ।