सिरहा–१ मा एमालेका यादव विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १८:०६
3.87K
shares
shares

काठमाडौं, ८ मंसिर । सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।















