जुत्ता मेला : ग्राहकलाई छनोटको उपयुक्त स्थल (भिडियो सहित)
वि.सं.२०७९ मंसिर ११ आइतवार ११:०९
shares

काठमाडौं, ११ मंसिर । काठमाडौंको भृकुटी मण्डममा जारी जुत्ता मेला उपभोक्ताका लागि एकै ठाउँमा धेरै ब्राण्डका जुत्ता छनोट स्थल बनेको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा स्वदेशी जुत्ता चप्पलका विभिन्न स्टलहरु रहेका छन् । जहाँ ग्राहकहरुको निकै भिड रहेको छ ।
यस्ता मेलाहरु आयोजना गर्दा ग्राहकहरुले सहज रुपमा सामान छानेर किन्न पाइने भएको मेला अवलोकन गर्न आएका खम्बुक चन्दले बताए । उनले यस्ता मेलाहरु समयसमयमा आयोजना गर्नु पर्ने बताए ।
यता फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्र न्यौपानेले नेपाली ब्राण्डका जुत्ता चप्पलको जानकारी लिनका लागि र उपभोक्ताले सहज रुपमा सबै कम्पनीका जुत्ता एकै ठाउँमा हर्ने र किन्न सक्ने बताए । साथै मेलाले अर्थतन्त्र चलायमान बनाउनका लागि पनि भुमिका खेल्ने उनको भनाइ छ । आम उपभोक्तालाई मध्यनजर गरेर एसोसिएसनले वर्षमा २ पटक मेला आयोजना गर्ने जानकारी दिए ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा मेला आयोजनाका सयोजक होमनाथ उपाध्यायले यस्ता मेलाले उद्योगी र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट गर्ने मौका जुराउने बताए । नयाँ उत्पादनको विषयमा ग्राहकलाई जानकारी दिने थलो समेत मेला बनिरहेको उनको भनाइ छ ।
भिडियो



















