हिमालयन डिस्टीलरीले ७० प्रतिशत लाभांश दिने
वि.सं.२०७९ मंसिर ११ आइतवार १४:५६
4.93K
shares
shares

काठमाडौं, ११ मंसिर । हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज शुक्रबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।



















