Dhulikhel Eco Banner new

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

5.06K
shares

काठमाडौं, १५ मंसिर । काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गरदै मन्त्री श्रेष्ठले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि विशेष कोसेढुङ्गा सावित हुने बताए।

कार्यक्रममा संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्मेलन नेपालको पर्वतीय पर्यटनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे ।

सम्मेलनमा अमेरिकन भूगर्भविद् डा आलटेन बायरले नेपालमा हुने पूर्वाधार विकास निर्माणको कामले पर्वतीय पर्यटकीयस्थल लोप हुदै गएको र यस्ता स्थान संरक्षण गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले तीन दिने सम्मेलनमा एक सय पर्यटनकर्मी र वैज्ञानिकलगायतको सहभागी हुने बताए । उनले दिगो पर्वतीय क्षेत्रमा भएका विभिन्न अनुसन्धान र विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने बताए ।