Dhulikhel Eco Banner new

एकै पटक खुले झिरका चारवोटा शाखा काठमाडौंमा

4.97K
shares

काठमाडौं, १९ मंसिर । एक त मासुप्रेमी, अनि सेकुवा भन्ने बित्तिकै हुरुक्कै नहुने त सायद कम नै होलान् । सेकुवाप्रेमीहरुको माझ लोकप्रिय हुँदै आइरहेको मौलिक नेपाली स्वाद चखाउने झिर सेकुवाले एकैचोटी चारओटा विभिन्न ठाउँहरुमा आफ्नो शाखाहरु खोलेको छ ।

सेकुवालाई साथ दिन लोकप्रिय रहेको पेय पदार्थहरु पनि एमआरपी मुल्यमा दिने झिर दिनदिनै प्रचलित हुँदै गइरहेको देखिन्छ । सञ्चालनमा आएको छोटो समयमा नै धेरैजना सेकुवा पारखीहरुको मन जित्न सफल भएको कारणले नै यसरी अरु शाखाहरु पनि खोल्न प्रेरित भएको सञ्चालकहरुको दाबी छ ।

टोखाको ग्रीनल्यान्ड रोडमा विप्लव सिटौला र प्रज्वल धितालको लगानीमा र इमाडोलस्थित सानागाउँ भाटभटेनी जाने बाटोमा शुभम भट्टको लगानीमा झिर रेष्टुरेन्ट खुलेका छन् भने समिर बिडारी र सेफको लगानीमा कलंकीस्थित मकालु पेट्रोल पम्पको अगाडी स्वयम्भु जाने बाटोमा र साथसाथै संगीता श्रेष्ठको लगानीमा भने घुम्ती कुमारी मार्ग, पुरानो बानेश्वरमा झिरको नयाँ शाखाहरु खुल्न सफल भएका छन् ।

भैंसेपाटीमा पनि छिटै झिरको फ्रैंचाइज खुल्दै छ । झिरको ६ वोटा फ्रानचाइज आउटलेट पहिलेदेखि नै काठमाडौँको विभिन्न ठाउँहरुमा सञ्चालन छन् । सबै ठाउँमा उस्तै मौलिक स्वादको सेकुवा पस्कदै ग्राहकवर्गहरुलाई खुसी पार्ने झिर सेकुवाको प्रतिबद्धता छ ।

खानाको मौलिक स्वाद झिरको जुन सुकै शाखामा पनि ग्राहकहरुले उस्तै पाउन् भन्ने आशयले परिकार बनाउनु अगाडिको परिकारका सामाग्रीहरु मुख्य शाखाबाटै जाने गर्दछन् । यसरी ठाउँठाउँमा फ्रैंचाइज खोल्दा लगभग चालिस देखि पचास लाख सम्मको लगानी लागेको छ ।

विशेषगरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परिकार झिरले पस्किने स्वादिष्ट परिकारहरु हुन् । तर मेन्युमा भएका अन्य परिकार पनि ग्राहकहरुले चाख मान्दै मगाउने गरेका छन् । यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजी, प्रति केजीमा पनि उपलब्ध हुनेछ  साथसाथै रेष्टुरेन्टमा पेय पदार्थहरू पनि एमआरपी मूल्यमा बिक्री गरिने रेस्टुरेण्टले जनाएको छ ।

थोरै लगानीमा र सिमित मेन्यु आइटम अनि थोरै जनशक्तिले पनि ग्राहकहरुको मन जित्न सकिने रैछ भनेर थाहापाएपछि फ्रैंचाइज आफुले नै येही बसेर केहि गर्छु भन्ने सोच भएका व्यवसायीहरु माझ लोकप्रिय भएको हो ।

साना व्यवसाय वृद्धि र रोजगारी सिर्जना गर्न सक्ने क्षमता देखेपछि सञ्चालकहरुले फ्रैंचाइजलाई समर्थन गरेका हुन् । आउँदो दिनहरुमा काठमाडौँ बाहिर भरतपुर, पोखरा लगायत अरु सहरहरुमा पनि झिरको स्वाद पुगाउने सञ्चालकहरुको सोच छ ।