Dhulikhel Eco Banner new

आएन शेयर बजारमा सुधार, आज १६ अंकको गिरावट

4.43K
shares

काठमाडौं, २१ मंसिर । साताको चौथो कारोबारका दिन पनि शेयर बजार ओरालो गतिमा देखिएको छ । आज नेप्से परिसुचक १६ दशमलव ६१ अंकले घटेको छ ।

बुधबार नेप्से परिसुचक शुन्य दशमलव ८६ प्रतिशतले घिटेर १९१७ दशमलव २८ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४ अंकले घटेको छ । आज दिनभर भएका २० हजार ३१ कारोबारबाट २४६ कम्पनीका ८० लाख ९२ हजार ७ सय १९ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० पुगेको छ ।