Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

4.71K
shares

काठमाडौं, २१ मंसिर । आज नेप्से परिसुचक १६ दशमलव ६१ अंकले घटेको छ । बुधबार नेप्से परिसुचक शुन्य लशमलव ८६ प्रतिशतले घिटेर १९१७ दशमलव २८ को विन्दुमा पुगेको छ ।

आज दिनभर भएका २० हजार ३१ कारोबारबाट २४६ कम्पनीका ८० लाख ९२ हजार ७ सय १९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५० पुगेको छ ।

सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर कारोबार भएको छ । बैंकको ६७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।