Dhulikhel Eco Banner new

मेगा बैंकको शेयर मूल्य समायोजन

4.82K
shares

काठमाडौं, २१ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार मेगा बैंक नेपाल लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २०४ दशमलव ६२ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. २१२ दशमलव ८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर २३ गते बुक क्लोज गरेसँगै भोलि मंसिर २२ गते सार्वजनिक बिदाका कारण आज नेप्सेले शेयर मूल्य संमायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभागृह प्रदशनी मार्ग काठमाडौंमा हुने जानकारी दिएको हो ।