GBIME

आज शेयर बढ्दा यी हुन् टपटेन कारोबार भएका कम्पनी

822
shares

काठमाडौं, १४ पुस । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर २,०२९ दशमलव ०३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।