Dhulikhel Eco Banner new

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

6.19K
shares

काठमाडौं, २८ पुस । नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक इओएल हो । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन्, अहिले केन्ट ब्रान्डका नयाँ एम.सी.बि. र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।

यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट टब् प्लग टप, मेल फिमेल बेला, मेटल बक्स 4 M (5×3) – 21 गज, मेटल बक्स र 1 & 2 (3×3) – 21 गज, नेक्स एम.सी.बि. टि.पि.एन. सिरिज आदि उपलब्ध छन् ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छ । सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइन्छ ।

केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

सि.जी. इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो जसले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्ने प्रतिष्ठाको साथ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको अग्रगामी हो । सि.जी. इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सि.जी. ब्रान्डहरूका साथमा नेपालीहरूको जीवनलाई छोइराखेको छ । सि.जी. इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, ई.ओ.एल. प्रा. लि., सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।