Dhulikhel Eco Banner new

‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ अन्तर्गत कुस्मा, गौर, इटहरी र ढल्केवरमा कार्यक्रम सम्पन्न

10.15K
shares

काठमाडौं, ३० पुस । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गरेको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत पछिल्लो सयम विभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरिएको छ । पुस ४ गतेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत पर्वतको कुस्मा, रौतहटको गौर, धनुषको ढल्केबर र सुनसरीको इटहरीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

समाजमा पिछडिएर रहेका महिलाहरुलाई रोजगारी प्रदान गरी उनीहरुको आय वृद्धि गरि प्रोत्साहित गर्ने उद्देश्यका साथ कार्यक्रमहरु आयोजना गरिएको छ । जस अनुसार पुस २२ गते सिप विकास तालिम केन्द्र कुस्मामा ५० जना महिलाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम कुस्मा शाखाका प्रमुख सन्तोष पौडेलको अध्यक्षमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महालक्ष्मी लाईफका धौलागिरी प्रमुख जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने धारणा व्यक्त गरिन । सहभागिको तर्फबाट सुनिता ढकाल र शर्मिला तिवारीले महालक्ष्मी लाईफले महिला सशक्तिकरणमा गरेको प्रयासको प्रशंसा गरेका थिए ।

त्यस्तै कम्पनीले पुस २४ गते गौर नगरपालिकामा पनि उक्त कार्यक्रम सम्पन्न गरेको छ । महिला नेतृ उमा झाको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा स्वागत मन्तव्य कम्पनीका गौर प्रमुख राजेश कुमार साहले गरेका थिए । त्यहाँको कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण प्रदान गरेका थिए ।

यता धनुषाको ढल्केवरमा पुस २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भयो । स्थानीय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले गरेका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तथा बजार विभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रम सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

कम्पनीका उपक्षेत्रीय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै प्रदेश १ को इटहरीमा पुस २६ गते तालिम सम्पन्न गरिएको छ । इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । तालिममा महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको हो । कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रीय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा जानकारी गराएका थिए ।