Dhulikhel Eco Banner new

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने

5.79K
shares

काठमाडौं, २६ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज (माघ २६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न गरेको हो ।

बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न गरेको छ । त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपुँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँट गरिएको छ । सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशन छिटोमा फागुन १ गते बन्द हुनेछ । त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि फागुन ११ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।