Dhulikhel Eco Banner new

फागुनमा निपेक्षकाे ब्याजदर नबढ्ने

4.97K
shares

काठमाडौं, २६ माघ । बैंकहरुले फागुन महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले माघ महिनामा कायम भएको ब्याजदरल नै फागुनमा पनि कायम रहेन निर्णय गरेको हो ।

संघको बिहीबार बसेको बैंठकले सो निर्णय गरेको हो । यो निर्णयसँगै अब फागुन महिनामा माघ महिनामा कायम रहेको ११.४१ प्रतिशत ब्याजदर कायम हुनेछ । पुस महिनाको ब्याजजदरमा माघ महिनामा १० प्रतिशतले घटाइएको थियो ।

नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नु पर्ने प्रावधान राखेको छ । सोही अनुसार संघले फागुन महिनामा लागू हुने ब्याजदरका विषयमा निर्णय गरेको हो ।