Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र लाभांश कति ?

5.14K
shares

काठमाडौं, २७ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५३४ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।