Dhulikhel Eco Banner new

मिति नाघेका २२ सय कार्टुन बियर बरामद

6.97K
shares

काठमाडौं, ३ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति नाघेका २२ सय कार्टुन बियर बरामद गरेको छ । बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।

याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरिरहेको अवस्थामा बरामद भएको हो ।

निरीक्षण टोलीले आवश्यक कारवाहीका लागि गोदाम सिलवन्दी गरेको छ । ६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।