देश बनाउनमा कर्मचारीहरुको पनि ठुलो भुमिका हुन्छ : अमनलाल मोदी
वि.सं.२०७९ फागुन ३ बुधवार १३:३९
shares

काठमाडौं, ३ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारीहरुलाई कसरी काम गर्ने भन्ने विषयमा विभिन्न सझावहरु दिएका छन् ।
देश बनाउनका लागि कर्मचारीहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । उनले आज आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३६ औं आधारभुत प्रशासन प्रशिक्षण शुभारम्भ समारोहमा बोल्दै उनले कर्मचारीलाई राम्रो काम गर्न सुझाव दिएका छन् ।
उनले कर्मचारीहरुको ऐन बनाउन प्रक्रिया अगाडि बढाईरहेको पनि बताएका छन् । निजामती कर्मचारीहरुले समयलाई विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।
उनीहरुको यो सेशुरुवातको चरण भएकाले अब आउने दिनहरुमा आफरुलाई विशिष्ट ठाँउमा पूग्न मद्धत पूर्याउने काम गर्न सुझाव दिएका छन् । उनले भने ‘ कर्मचारीहरुले छिटो पैसा कमाउने बाटो मात्रै खोज्ने होइन, अधिकृत भएर ठुला ठुला पोष्टका लागि मात्रै काम गर्ने होइन ।
तपाइ आएको समुदायले तपाईलाई लिएको प्रोत्साहनको कुरालाई पनि ध्यान दिएर काम गर्नुहोस । जिवनमा संघर्ष पनि गर्न सक्नुपर्छ । अनि मात्र सफल भईन्छ ।’ तपाईहरुले सच्चा काम गर्नुहोस समाजमा एउटा उदाहरण बन्न सुझाव दिएका छन् ।
‘यो देशलाई राम्रो बनाउनेमा हाम्रो दायित्व होइन तपाईहरुको पनि महत्वपूर्ण भुमिका रहेको हुन्छ ।’ उनले भने । आफ्नो काम स्वच्छता र निष्पक्षताका साथ काम गर्न पनि आग्रह गरेका छन् । आफ्नो कुनै काम गर्नका लागि कुनै नेताको पछाडि लागेर भन्दा पनि आफ्नो क्षमताले प्राप्त गर्न आग्रह गरेका छन् ।



















