महाशिवरात्रि : पशुपतिमा भतजनको भिड
वि.सं.२०७९ फागुन ६ शनिवार १२:२३
shares

काठमाडौं, ६ फागुन । महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथमा पुजा आज गर्ने भक्तजनको निकै भिड लागेको छ । शिवरात्रिको अवसरमा देश तथा विदेशबाट आएका भक्तालुहरुको बिहानै देखिदेखि निकै ठूलो भिड रहेको छ ।
बिहानैदेखि भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । पुजा गर्नका लागि लाइनमा बसेकाहरुले आफूहरु विहान ३ बजेदेखि आएर लाइनमा बसेको बताएका छन् ।
जेष्ठ नागरिक र अशक्तहरुलाई लाइन बस्नु नपर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लाइन लामो भएकाले गौशाला क्षेत्रमा सवारी आवागमनमा भने समस्या देखिएको छ । लाइनमा बसेका केही भक्तजनले पुजा गर्न जान सहज भएको प्रतिक्रिया दिएका छन् भने केहिले भने व्यवस्थापन फितलो भएको बताए ।



















