Dhulikhel Eco Banner new

नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

6.1K
shares

काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज नेपालले लगातार तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा नामिबियामाथि लगातार दोस्रो जित निकाल्ने क्रममा ३ विकेटको जित निकालेको हो ।

घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । शनिबार भएको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा ओपनर आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले । आसिफले ८१ रन बनाए भने ज्ञानेन्द्रले ६५ र कुशल मल्लले ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलले पनि ३९ रनको पारी खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोलि नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय योगदान दिए । त्यस्तै पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए । त्यस्तै लो–हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । त्यस्तै करण केसीले १ विकेट लिए ।

यो जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।