Dhulikhel Eco Banner new

‘ठुला व्यवसायीहरुले बैंक कब्जा गर्दा साना व्यवसायी मारमा’

5.73K
shares

काठमान्डौं, ७ फागुन । पछिल्लो समय निजी उद्योग तथा व्यवसाय धरासायी अवस्थामा पुगेको छ । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मिति नजिकिदै छ । बढेको बैंक ब्याजदर कारण व्यापारीहरु आत्मदाह गर्ने अवस्थामा पनि पुगेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा प्रेम आचार्यलाई लिन सकिन्छ । यी र यस्ता यावत समस्याहरुलाई मध्यनजर गर्र्दै आगामी चुनावबाट कस्ता नीति, योजना र नेतृत्वको अपेक्ष गर्न सकिन्छ भन्ने सन्दर्भमा उद्योग वाणिज्य संघ पथरिका पूर्व अध्यक्ष दिपक बस्नेतसँग केटिएम भोइसकर्मी पुजा माझीले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको निजी उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिले उद्योग व्यवसाय त चौपट भएको छ । व्ययवसायको अवस्था नाजुक छ भन्ने कुरा त सबैलाई जानकारी नै रहेको छ । कुनै एक निश्चित स्थानको लागि भन्दा पनि यो देशभरको नै समस्या हो । व्यापार शून्य रहेको अवस्था छ । तर व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज भने हालिरहनु परेको छ ।

बैंकको ब्याज तिर्नका लागि केही समय ढीलो भएमा पत्रिकामा नाम आइहाल्छ । सबै तिरबाट व्यवसायीहरु मारमा रहेका छन् ।

बैंकको ब्याजदर पनि बढेको छ ऋणपनि सजिलै पाउन नसक्ने अवस्था छ, यसको असर चै निजी क्षेत्रमा के कत्तिको परेको छ ?

अहिल बैंकको ब्याजदर बढेको छ । अर्को तर्फ बढेको ब्याजदरमा पनि ऋण उपलब्ध हुँदैन । बैंकहरुले साना व्यवसायीहरुलाई त ऋण नै नदिएको अवस्था छ । उनीहरुको ध्यान खाली ठूला व्यवसायीहरु तिर मात्रै गएको छ । साना व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै गएको अवस्था छ ।

साना तथा मझौला उद्योगलाई अहिले टिक्कनका लागि नै समस्या भइरहेको छ । बैंकको ब्याज तिर्नु पर्ने एकातिर छ भने अर्कोतिर व्यवसाय निकै कमजोर रहेको छ । यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्छ ।

तपाइको बिचारमा बैंकको ब्याजदरको बिषयमा सरकारले वा राष्ट्र बंंैकले के कस्तो पहल गरिदिए व्यवसायीका लागि सहज वातावरण बन्छ ?

म पनि बंैकको एउटा ऋणी नै हो । मैले यो भन्दा अगाडि करिब ८ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याज अहिले बढेर १५ प्रतिशत पुगेको छ । यो अवस्थामा व्यवसायीहरुले कसरी काम गर्न सक्छन् र ? सरकार वा सम्बन्धित निकायले ब्याजदर घटाएर व्यवसायीलाई काम गर्ने वातावरण निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता हो ।

पछिल्लो समय बैंकहरुको मनोमानि रहेको छ । उनीहरुले ब्याजदर बढाइरहेका छन् । तर राष्ट्र बैंकले भने त्यसलाई नियन्त्रण गर्नका लागि खासै ध्यान दिएको देखिदैन् । यहाँ त बैंकहरुले राष्ट्र बैंकलाई नै चलाएको जस्तो देखिएको छ । जबकी राष्ट्र बैंकले बैंकहरुलाई नियमन गर्नु पर्ने हो ।

बैंकहरुले जे गरेपनि हामीले सहनुको कुनै विकल्प नै छैन । उनीहरुले हामीलाई कुनै जानकारी नै नदिएर ब्याजदर बढाएर । घटेको समयमा व्यवसायीले ऋण लिएको बैंकलाई सहयोग गरेको भएपनि अहिले बैंकहरुले निरन्तर रुपमा व्यवसायीहरुलाई दुःख दिने काम गरिरहेका छन् । यस्ता कार्यहरु नियन्त्रणका लागि राष्ट्र बैंक तथा सरकारले ठोस निर्णय गर्नु पर्ने हुन्छ । जसबाट व्यवसायीका समसया समाधान होस् भन्ने हाम्रो चाहाना हो ।

बढेको ब्याजदर बाहेक व्यवसायीहरुका अरु समस्याहरु के-के छन् ?

मुख्य समस्या त बैंकको ब्याजदर नै हो । तर अन्य समस्याहरु पनि व्यवसायीहरुले भोगिरहेका छन् । बजारमा तरलता रहेको अवस्था छ । साथै उपभोक्ताको क्रयशक्ति पनि घटेको अवस्था छ । उपभोक्ताको क्रेयशक्ति घट्नु भनेको हाम्रो उत्पादन बिक्री नुहुनु हो ।

अर्को तर्फ घरजग्गा कारोबार पनि ठप्प रहेको छ । जसले गर्दा व्यवसायीहरुले घरजग्गा बिक्री गरेर भए पनि आफ्नो काम चलाउँथे होला त्यो पनि हुन नसेको छैन । यसलाई पनि सरकारले सहज बनाउनु पर्छ । यसका लागि नीति नियमहरु बनाएर हुन्छ । त्यसलाई सहज बनाउनु पर्ने आवश्यकता छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकीदै छ । अबको नेतृत्वक कस्तो आउनु पर्छ ?

संघ र प्रदेशको चुनाव सकिएपछि अब व्यवसायीको चुनाव लागेको छ । यो चुनावबाट कोही पनि अछुतो हुने कुरा भएनन् । म त एक जना व्यवसायी नै भएकाले मलाई पनि चुनाव लागेको छ । नेतृत्वमा पुग्नेहरुले साना व्यवसायीहरुलाई ध्यान दिन नसकेको अवस्था छ ।

साना तथा मझौला व्यापारिले देशको अर्थतन्त्रलाई चलायमान बनाएको अवस्थामा उनीहरुका कुरालाई नेतृत्वले पनि नसुन्दा निकै दुख लाग्छ । तसर्थ अब आउने नेतृत्वले साना ठूला सबै व्यवसायीहरुलाई समेटेर काम गर्न सक्नु पर्छ । अझै भनौ सबै व्यवसायीका समस्या समाधानका लागि काम गर्न सक्ने नेतृत्वको खाँचो रहेको छ ।

अहिलेसम्म कसैले पनि उम्मेदावरी दिएको भनेर भन्नु भएको छैन । उम्मेदवारी घोषणा गरेको खण्डमा के गर्ने भनेर सोच्नु पर्ला ।