Dhulikhel Eco Banner new

अर्जुनको ‘मेसो मिलाएर’ गीत सार्वजनिक

5.9K
shares

काठमाडौं, १० फागुन । संगीतकार अर्जुन पोखरेलको गीत मेसो मिलाएर सार्वजनिक भएको छ । प्रेमका गीत तयार गर्नका लागि निकै माहिर मानिने पोखरेलको मेसो मिलाएर गीत बुधबार सार्वजनिक भएको हो ।

यो गीतमा पनि प्रेम भाव मिसिएको छ । गीतमा दिग्गज धौरालीको शब्द रहेको छ भने निशान भट्टराई र अस्मिता अधिकारीले यसमा स्वर दिएका छन् । उनको यो गीतले प्रेममा रहेका युवायुवतिबिचको वार्ता प्रस्तुत गरेको छ । यो गीतको भिडियोलाई निर्देशक माइकल चन्दले तयार पारेका छन् ।

भिडियोमा अभिनय भने नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीले गरेका छन् । भिडियोमा उनीहरुको प्रेम र रोमान्स हेर्न सकिने छ । माइकलले आकर्षक लोकेशनमा भिडियोलाई रंगीन बनाएका छन् ।

बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको प्रस्तुति रहेको यो भिडियोमा छायांकन भने उत्सव दाहालको रहेको छ । यो भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।