Dhulikhel Eco Banner new

उपत्यका भित्र ५० भन्दा बढीको स्पीडमा सवारी चलाउन नपाइने

4.89K
shares

काठमाडौं, ११ फागुन । काठमाडौँ उपत्यका भित्र चल्ने सवारी साधनको निश्चित गति तोकिएको छ । ट्राफिक प्रहरीले काठमाडौँमा रहेका सडकमा भएको चाप र भौतिक अवस्थालाई हेर्दै सवारी सनभनको गति निर्धारण गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेख रहेको गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको जनाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार कलंकी–कोटेश्वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने गरी गति तोकिएको छ ।

कोटेश्वर–भक्तपुर सडकखण्डमा पनि प्रतिघण्टा ५० किलोमिटरको गति तोकिएको छ । तोकिएकोे गतिभन्दा स्पीडमा सवारी चलाए प्रहरीले कारबाही गर्ने बताएको छ ।