Dhulikhel Eco Banner new

नेपाल लाइफको दुईदिने व्यावसायिक उत्कृष्टता सम्मेलन सम्पन्न

208
shares

काठमाडौं, ९ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने व्यावसायिक उत्कृष्टता सम्मेलन सम्पन्न भएको छ। काठमाडौंको होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित सम्मेलन ‘नेतृत्व गरौँ, आकांक्षा राखौँ, रूपान्तरण गरौँ’ भन्ने नाराका साथ सम्पन्न भएको हो।

सम्मेलनमा देशभरबाट बिक्री तथा बजारीकरण क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, सञ्चालक प्रवीण प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।

कार्यक्रममा वरिष्ठ सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्व स्थापित गरेको बताए। उनले आर्थिक वर्ष २०८२र८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे।

उनले आगामी दिनमा पनि उच्च लक्ष्य निर्धारण गर्दै एकताबद्ध भएर अघि बढ्न कर्मचारीलाई आग्रह गरे।प्रमुख कार्यकारी अधिकृत पराजुलीले आर्थिक वर्ष २०८२र८३ को व्यावसायिक उपलब्धिका लागि कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३र८४ का लक्ष्य हासिल गर्न थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्न आह्वान गरे। उनले चालु आर्थिक वर्षका बिक्री तथा रणनीतिक योजनाबारे समेत जानकारी गराए।

सम्मेलनमा विभिन्न विभागका प्रमुखहरूले गत आर्थिक वर्षको कार्यसम्पादन, उपलब्धि र चुनौतीको समीक्षा गर्दै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए।

सम्मेलनको समापनमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी तथा शाखा–उपशाखालाई १४ विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सहभागी कर्मचारीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।कम्पनीका अनुसार सम्मेलनले कर्मचारीमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता थप्दै आगामी दिनमा कम्पनीको व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।