शेयर बजारमा ४ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ भदौ ९ मंगलवार १५:२५
533
shares
shares

काठमाडौँ, ९ भदौ । शेयर बजारमा ४ अर्ब १० करोडको कारोबार हुँदा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ९० करोडको कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १७ करोड ७१ लाखको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको १३ करोड ७६ लाखको कारोबार भएको छ ।
त्यसैगरि सुपर मादी हाइड्रोपावर लिमिटेडको १२ करोड ८५ लाखको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको १२ करोड २५ लाख रुपैयाँ कारोबार भएको छ ।
















