Dhulikhel Eco Banner new

सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

507
shares

काठमाडौँ, ९ भदौ । मंगलवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ । १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १० करोड कारोबार भएको हो ।

सामान्य अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.०७ प्रतिशतका दरले गुमाएका छन् ।