Dhulikhel Eco Banner new

रामचन्द्र बन्ने भए राष्ट्रपति, ८ दलले गरे बालुवाटारमा सम्झौता

14.21K
shares

काठमाडौं, १२ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने लगभग निश्चित भएको छ । बालुवाटारमा जारी ८ दलको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने समझदारी गरेसँगै पौडेलको भाग्य खुल्ने भएको हाे । माधव नेपाल नेतृत्वको नेकपा एसका नेता प्रकाश ज्वालाले कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको पुष्टि गरे । ‘कांग्रेसलाई दिन ८ दलबीच सहमति भएको छ’ नेता ज्वालाले भने, ‘अब कांग्रेसले जसलाई अघि सार्छ उहीँ राष्ट्रपति बन्ने हाे ।’