Dhulikhel Eco Banner new

सबै सहकारीलाई एउटै टोकरीमा राख्न मिल्दैन : सीईओ गुरागाई

17.11K
shares

काठमाडौं, १४ फागुन । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री कुमार गुरागाईले अहिले सहकारीहरु कमजोर भएकाले सबैले प्रहार गरिरहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चाल संघ (इमान) ले आयोजना गरेको ‘सहकारीमा संकट ः कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सीईओ गुरागाईले अप्ठ्यारोमा परेको समयमा सहयोग गर्नुको साटो सबैतिरबाट खेद्ने काम भएको उनको गुनासो थियो ।

कुनै पनि घटना हुँदा त्यसको प्रभाव कमजोर पक्षमा बढी पर्ने भएकाले अहिले कमजोर रहेको सहकारी क्षेत्रलाई बढी प्रभाव परेको उनको तर्क थियो । ‘कोभिडको समयमा स्वास्थ्यमा समस्या भएकाहरुलाई बढी प्रभाव परेको जस्तै अहिले आर्थिक मन्दीले सहकारीलाई बढी चुपुवामा पारहेको छ,’ उनले भने । केही हजारहरुले गल्ती गरेको भए पनि सबैलाई एउटै टोकरीमा राख्ने काम भएको उनले भनाइ थियो ।

सहकारीले रोजगारी सिर्जना गर्ने देखि राज्यको कुल ग्रास्थ उत्पादनमा पनि टेवा पुर्‍याएको तर्फ पनि सरोकारवालाको ध्यान जान जरुरी रहेको उनले बताए । खराब कर्जा बढ्दा अराजकता बढेको उनको भनाइ थियो । सहकारीको समस्या समाधानका लागि राज्यले पनि ध्यान दिनु पर्ने उनको तर्क थियो ।