Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकद्धारा मैतीदेवी मन्दिरलाई क्युआर हस्तान्तरण

5.32K
shares

काठमाडौं, १९ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडको मैतिदेबी शाखा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत मैतिदेबी मन्दिरलाई रोड डिभाइडर साथै क्यु आर कोर्ड हस्तान्तरण गरेको छ ।

मैतिदेबी शाखाकी शाखा प्रमुख सुजता लामिछानेले मैतिदेवी मन्दिर समितिका अध्यक्ष दल बहादर कार्कीलाई क्यु आर कोर्ड हस्तान्तरण गरेकी हुन् ।

मन्दिरमा हुने कारोबार सहज होस भन्ने उद्येश्यले क्यु आर हस्तान्तरण गरिएको शाखा प्रमुख लामिछानेले बताइन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।