Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्तको आईपीओमा मागभन्दा ८५ गुणा बढी आवेदन

4.97K
shares

काठमाडौं, १९ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा माग भन्दा ८५ दशमलव ६८ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार २ बजेसम्ममा ६ लाख २२ हजार ७२० जना आवेदकले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणमा निष्कासन गरेको शेयरको ८५ दशमलव ६८ गुणा बढी आवेदन हो ।

कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख बराबरको ९७ हजार कित्ता शेयर आईपीओ बिक्रीखुला गरेको हो ।

कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

१ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा जारी हुने शेयरको छिटो अवधि फागुन २३ गतेसम्म रहेको छ ।

सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म बिक्री लम्बिने कम्पनीको भनाइ छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले फागुन २३ गतेसम्म मात्र बिक्री गरिनेछ ।