Dhulikhel Eco Banner new

दूधको मूल्य बढ्यो, एक लिटर दूध किन्न ९५ रुपैयाँ तिर्नु पर्ने

6.89K
shares

काठमाडौं, २० फागुन । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य ९.१ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँग अब दुधको मूल्य प्रतिलिटर ६५.५ रुपैया पुग्ने भएको छ । यस अघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ रहेको थियो । राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो । बढेको मूल्यसँगै अब किसालने प्रतिलिटर ६५.५ रुपैयाँमा दूध बिक्री गर्ने छन् भने उपभोक्ताले भने ९५ रुपैयाँ तिर्नु पर्ने छ ।

दूधको मूल्य बढाउनु पर्ने भन्दै किसानहरुले निरन्तर रुपमा आवाज उठाइरहेका थिए । हरेक दुई–दुई वर्षमा दुधको मूल्य बढाउने व्यवस्था गरिएको भए पनि किसानको लागत बढेको भन्दै सरकारले एक वर्षमा नै दूधको मूल्य बढाएका हो ।

पछिल्लो पटक गत वर्ष माघ २८ गते दूधको मूल्य बढेको थियो । त्यतिबेला मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।