Dhulikhel Eco Banner new

मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको विवरण सार्वजनिक, १० बीमा कम्पनी मात्र योग्य

6.23K
shares

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य रहेका कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसा २४७ ओटा कम्पनी सूचीकृत भए पनि ८७ ओटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नेप्सेले जनाएके छ ।

नेप्सेले सार्वजनिक गरेको विवरणअनुसार मार्जिन कारोबार गर्नका लागि १७ वाणिज्य बैंक, १० बीमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त वित्तीय संस्था, एक होटल, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरणलगायत कम्पनी योग्य रहेका छन् ।

मार्जिन कारोबार गर्न लागि कम्पनीले मार्जिन कारोबारसम्बन्धी कार्यविधि–२०७५ मा भएको मापदण्ड पूरा गरेको हुनुपर्छ । कार्यविधिमा कम्पनीमा कम्तीमा १० हजारभन्दा बढी शेयरधनी भएको तथा पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको हुनुपर्नेछ ।

त्यस्तै कम्पनीले दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरि कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्नेछ ।