शेयर बजारमा दोहोरो अंकको सुधार, १ अर्ब २० करोडको कारोबार
वि.सं.२०७९ फागुन २३ मंगलवार १५:१८
shares

काठमाडौं, २३ फागुन । साताको तेस्रो कारोबारको दिन नेप्से १४ दशमलव ४१ अंकले उकालो लागेको छ । आइतबार भारी अंकले ओरालो लागेको शेयर बजार आज भने सामान्य अंकले उकालो लागेको हो ।
मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ७४ प्रतिशतले बढेर १९५२ दशमलव ६६ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ अंकले उकालो लागेको छ । आज दिनभर भएका २४ हजार ३ सय ७३ कारोबारबाट २६१ कम्पनीका ४० लाख ५९ हजार १ सय ४९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब २० करोड ४४ लाख ९ हजार ४ सय ११ पुगेको छ ।

















