Dhulikhel Eco Banner new

ठूलो गोलभेडा र डल्ले च्याउको मूल्य घट्यो

5.15K
shares

काठमाडौं, १० चैत । शुक्रबार बजारमा ठूलो गोलभेडाको मूल्य घटेको छ । बिहीबार प्रतिकेजी ५० रुपैयाँ रहेको ठूलो गोलभेडाको मूल्य आज १० रुपैयाँले घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तोकेको तरकारी तथा फलफुटको मूल्य अनुसार ठूलो गोलभेडको मूल्य प्रतिकेजी ४० रुपैयाँ रहेको छ । अघिल्लो दिन भने ५० रुपैयाँ रहेको थियो । आज अदुवा, रातो आलु, सेतो आलु र स्थानीय काउलीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिनको जस्तै अदुवा ११०, रातो आलु २५, सेतो आलु १७ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।

त्यस्तै कागती, सुकेको खुर्सानी र हरियो खुर्सानीको मूल्यमा पनि कुनै परिवर्तन आएको छौ । कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ केजीमा बिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ । तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना २२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने छ । फलुफुल तर्फ कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १२० रुपैयाँ, अनार २५० रुपैयाँ र एभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ रहेको छ ।