Dhulikhel Eco Banner new

७ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक

5.99K
shares

काठमाडौं, १२ चैत । आर्थिक वर्ष २०७८/०७९ को लागि ७ वटा जीवन बीमा कम्पनीले बोनसदर सार्वजनिक गरेका छन् । मर्जरमा गएका सहित ७ वटा कम्पनीले आफ्ना बिमितहरुलाई वितरण गर्ने बोनसदर सार्वजनिक गरेका हुन् ।

हालसम्म बोनसदर सार्वजनिक गर्ने बीमा कम्पनीमा सिटिजन, सन नेपाल लाइफ, साविकका ज्योति लाइफ, आइएई लाइफ, साविक सूर्या लाइफ, मेट लाइफ र एशियन लाइफ यन्स्योरेन्स रहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बोनसदर बीमा प्राधिकरणबाट स्वीकृत भएपछि संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमांकमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।
बोनस दर सार्वजनिक गरेकामध्ये सिटिजन लाइफ इन्स्योरेन्सले न्यूनतम २५ रुपैयाँ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस्तै साविकको ज्योति लाइफ इन्स्योरेन्सले पनि कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याकंन गरि प्रतिहजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । त्यस्तै साविकको सूर्या लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर पाउनेछन् । त्यस्तै अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७८/७९ को लागि न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।