Dhulikhel Eco Banner new

कोशी, वागमती र गण्डकीका पहाडी भेगका स्थानीलाई सावधानि अपनाउन आग्रह

5.42K
shares

काठमाडौं, १४ चैत । प्रि–मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसक्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । अहिले नेपालमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको बुलेटिनमा उल्लेख गरिएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा विभागले जनाएको छ ।

आज दिउँसो देशभरको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।