Dhulikhel Eco Banner new

सर्वसाधारणको भेषमा राति ११ बजे प्रादेशिक अस्पतालमा मुख्यमन्त्री यादवको छडके चेक

5.16K
shares

काठमाडौं, १५ चैत । प्रादेशिक अस्पताल जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले छडके चेक गरेका छन् । मंगलबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए । उनले सर्वसाधारणको भेष बनाएर बिना सुरक्षा अस्पतालको छडके चेक गरेका छन् । अस्पतालमा अनियमितता, विरामीलाई झन पीडा, डाक्टरहरुको लापरवाही, ल्याबको लापरवाहीको गुनासो बढेपछि उनले सर्वसाधारणको भेष बनाएर छडके चेक गरेका हुन् ।

अस्पतालको विभिन्न वार्डमा पुगेर मुख्यमन्त्री यादवले अस्पतालको अवलोकन गरे । विभिन्न समयमा संचारमाध्यमहरुका अनुसार अस्पतालमा कर्मचारीहरुको चरम लापरवाही बढेको जनगुनासो बढेपछि मुख्यमन्त्री यादव आफैले छडके चेक गरेका हुन् ।

सो क्रममा उनले विरामीहरुसंग अवस्था, अस्पतालको सेवासुविधाको बारेमा जानकारी लिएका थिए । मुख्यमन्त्रीको यो कार्यलाई समाजिक सञ्जालमा प्रशंसा गरिएको छ ।