Dhulikhel Eco Banner new

उद्योग वाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष उम्मेदवार श्रेष्ठको समूहद्वारा वाचा पत्र सार्वजनिक

5.38K
shares

काठमाडौं, २२ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारि दिएका उद्योगी अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजदर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार काठमाडौंमा आफ्नो प्यानलको परिचय तथा वाचा पत्र घोषणा कार्यक्रम आयोजना गर्दै उनले बैङ्कको सस्तो ब्याज र सरल रूपमा वैदेशिक ऋण प्राप्त गर्न सक्ने नीतिगत व्यवस्थाका लागि सक्दो पहल गर्ने बताएका हुन् ।

कार्यक्रममा उनले उद्योगी व्यवसायीले धान्न सक्ने ब्याजमा ऋण उपलब्ध गराउन तथा विगत देखि नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि आफ्नो टोलीले काम गर्ने उनको वाचा छ ।

उनले भने ‘नेपालमा देखिएको तरलताको समस्या समाधान गर्नका लागि महासङ्घले हर सम्भव प्रयास गर्ने वाचा गर्दछु । अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन् । सिमेन्ट उद्योगी, छड उद्योगी, निर्माणजन्य उद्योग, जग्गा कारोबार नहुँदा व्यवसायी छट्पटीएको अवस्था छ । होटेल रेस्टुरेन्ट, जुत्ता, चप्पलदेखि हरेक प्रकारका उद्योगी व्यवसायी मर्कामा छन् । बजारमा मागमा कमी आएको छ, उत्पादन तथा बजार माग बढाउन नीतिगत तवरबाट गाँठो फुकाउनु हाम्रो प्रमुख दायित्व हुनेछ यो दायित्व पूरा गर्नका लागि हर सम्भव प्रयास गर्ने छौँ ।’