दशैँपछि सुनको भाउ ११ हजार ७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
वि.सं.२०८३ कात्तिक ८ आइतवार १२:३८
shares

काठमाडौं, ०८ कार्तिक। दशैँ बिदापछि खुलेको नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक २ गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको थियो।



















