नेप्से परिसूचक ८ अंकले बढ्यो, कारोबार रकम भने न्यून
वि.सं.२०७९ चैत २२ बुधवार १५:१८
shares

काठमाडौं, २२ चैत । लामो समय पछि शेयर बजारमा हरियाली देखिएको छ । हप्ताको चौथो कारोबार दिनमा शेयर बजार परिसूचक ८ दशमलव ३९ अंकले बढेको हो ।
बुधबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८७५ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । शेयर बजारमा हरियाली देखिए पनि कारोबार रकममा भने निकै गिरावट आएको छ । आज २६२ कम्पनीका २६ लाख २ हजार ९५६ कित्ता शेयर कारोबारबाट ८१ करोड ६ लाख ४६ हजार ७९० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ भन्डेक्स पनि आज १ दशमलव ९७ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा ३५३ दशमलव ९५ अंकमा पुगेको छ ।




















