Dhulikhel Eco Banner new

एफएनसीसीआई चुनाव : बस्तुगत तर्फकाे मतदान सम्पन्न

5.56K
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतदान कार्य जारी रहेको छ । पछिल्लो विवरण अनुसार महासंघको वस्तुगत तर्फ शतप्रतिशत मतदान सम्पन्न भएको हो ।

१२३ भोट रहेको वस्तुतग तर्फ मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रक्रिया रहेको छ । मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार बिहानैदेखि मतदान कार्य जारी रहेको छ । महासंघमा वस्तुतग तर्फ १२३, जिल्ला नगरतर्फ ११७ र एसोसिएट तर्फ जम्मा १ हजार ७४८ मतदान रहेका छन् ।

अहिले चुनावी मैदानमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र बहालवाला उपाध्यक्ष द्धय अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा रहेका छन् । यो निर्वाचनमा ६४ पदका लागि ११६ जनाले मैदानमा रहेका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल महासंघको अध्यक्ष बनिसकेका छन् ।