Dhulikhel Eco Banner new

शेयर बजारमा ओरालो लाग्ने क्रम जारी, कारोबार रकम पनि ८७ करोड मात्रै

6.46K
shares

काठमाडौं, ५ वैशाख । पछिल्लो समय शेयर बजार ओरोलो लाग्ने क्रम जारी रहेको छ । नयाँ वर्षको पहिलो दिनदेखि नै ओरालो लागेको शेयर बजार मंगलबार पनि घटेको हो ।

साताको कारोबार हुने तेस्रो दिन शेयर बजार परिसूचक ३ दशमलव ०७ अंकले घटेको हो । मंगलबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९०४ दशमलव ९८ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २६६ कम्पनिका २९ लाख ७० हजार ९२८ कित्ता शेयर किनबेचबाट ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीनको मापक सेन्सेटिभ इन्डेक्स भने आज बढेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १७ अंकले बढेर ३६३ दशमलव ०४ अंकमा पुगेको छ ।