गोर्खाज फाइनान्सका सेयरधनीले नपाउने भए लाभांश
वि.सं.२०७९ जेठ ४ बुधवार १०:३५
shares

काठमाडौं, ४ जेठ । गोर्खाज फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ मा लाभांश नदिने भएको छ ।
कम्पनीले कुनैपनि लाभांश प्रस्ताव नगरी जेठ २७ गते कम्पनीको २७ औं वार्षिक साधारण सभा डोकेको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले जेठ २७ गते काठमाण्डौको बानेश्वरस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ः३० बजे २७ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
वार्षिक साधारण सभामा कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ बाट कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । अन्य सामान्य प्रस्तावहरु राखेर एजिएम आह्वान गरिएको छ ।
संस्थाको प्रबन्धपत्र र नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक अखितयारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा छ ।
यस्तै सभाबाट आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन हुनेछ ।
२७ औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बिहीबारदेखि जेठ २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ। बुकक्लोज अनुसार जेठ ११ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै यो कम्पनीको वार्षिक साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।















