Dhulikhel Eco Banner new

चितवनका दुई ठाउँमा मतदान रोकियो

4.36K
shares

काठमाडौं, १० वैशाख । उपनिर्वाचन भइरहेको चितवनको निर्वाचन क्षेत्र नम्बर २ का दुई केन्द्रमा मतदान रोकिएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ११ को भोजाडामा रहेको नयाँ किरण कमल कुसम मावि र वडा नम्बर ७ को कृष्णपुर कन्द्रमा मतदान कार्य रोकिएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको समयमा तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो ।

कृष्णपुर माविमा पनि रवि लामिछानेका समर्थक भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।