सपोर्ट लघुवित्तको खुद नाफामा भारी गिरावट
वि.सं.२०८० वैशाख १२ मंगलवार १०:४२
shares

काठमाडौं, १२ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारि गिरावट आएको छ । लघुवित्तको गत वर्षको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४२.८८ प्रतिशतले नाफा घटेको हो ।
लघुवित्तले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड १० लाख रुपैयाँ रहेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १२.८० प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८१ प्रतिशत र सञ्चालन मुनाफा ६५.७० प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ३६ पैसा घटेर ८ रुपैयाँ ८६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०४.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ ।



















