Dhulikhel Eco Banner new

सुमेरु सहकारी सञ्चालक विदेशिने तयारीमा, सर्वसाधारणको ८ अर्ब डुब्दै

6.19K
shares

काठमाडौं, १२ वैशाख । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष तथा सञ्चालक विदेशतिर लम्कने तयारीमा रहेको पाइएको छ । उच्च स्रोतका अनुसार उनीहरु सहकारीका सबै पैसा आफ्ना नातेदार तथा निकटवर्तीहरुलाई सुम्पेर विदेश लम्कन लागेका हुन् ।

हाल सो सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैयाँ बचत रकम फिर्ता गर्न सकेको छैन । सहकारीबाट उठेको सुमेरू ग्रुपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पुर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको हो ।

पूर्व अध्यक्ष मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दाहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजन, अनुज पौडेल लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न सकेका छैनन् । सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । बाँकी रकम सहकारीका अन्य सञ्चालक र कतिपय कर्मचारीले विभिन्न विधि मार्फत लुकाउन खोजिएको बुझिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौं लोनमा रहेको बुझिएको छ ।

हेमराज दहाल नेतृत्वको सञ्चालक समितिले हस्पिटल, जग्गा जमिन, कलेज आदी देखाएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा समितिका सदस्यहरु अगाडि नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सिइओ बिरु मर्हजनले बोल्न नदिने गरेका स्रोतले बताएको छ । उनले ललितपुरका विभिन्न एरियामा ५० रोपनी जग्गा भरत मर्हजनको श्रीमतीको नाममा वारिस लिइ अर्बमा विक्रि गरी पैसा लन्डन पठाएको समेत बजारमा हल्ला छ । त्यसैगरी सञ्चालकहरुले अरबौं रकम दुरुपयोग गरेको स्रोतले बताएको छ ।

सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ, कुन निकायमा जाने अन्यौलमा छन् । बलियो स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा समेत लगाइएको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु ग्रुपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले बताउन थालेका छन् । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्न खोजेको स्रोतले बतायो ।

अझ रोचक त संचालक समितिका अध्यक्ष दहाल र सदस्य विनोद आचार्यकै सहयोगमा सहकारीको धापाखेल शाखा, कालीमाटी शाखा, भक्तपुर शाखा र पुल्चोक कार्यालयबाट अरबौं रकमलाई फेक कर्जाको बनाइएको स्रोतले जनाएको छ ।